२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

स्वावलम्बन लघुवित्तद्वारा सहयोग सामग्री हस्तान्तरण

shivam cement
मध्यान्ह
२०८१ पुष २१ गते २१:०९
स्वावलम्बन लघुवित्तद्वारा सहयोग सामग्री हस्तान्तरण

काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ज्येष्ठ नागरिकहरुको लागि सहयोग सामग्री हस्तान्तरण गरेको छ । संस्थाले पेप्सीकोला काठमाडौं स्थित ज्येष्ठ नागरिक चौतारी नामक संस्थामा ५० थान कुर्ची हस्तान्तरण गरेको हो । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय चुच्चेपाटी मार्फत् उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि गोविन्द चापागाइँले सहयोग सामग्रीको उचित सदुपयोग हुने विश्वास सहित आगामी दिनहरूमा पनि वित्तीय संस्थाले यस्ता सहयोगहरू निरन्तर गर्ने बताएका थिए । त्यस्तै, सिनामंगल नगर सेवा समाजका अध्यक्ष विजयराज पौडेलले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गरेको सहयोग र सामाजिक कार्यहरुको प्रशंसा गर्दै सेवाको निरन्तरता र वित्तीय संस्थाको उज्वल भविष्यको शुभकामना व्यक्त गरे ।

संस्थाले ग्राहक संरक्षण कोषबाट प्राकृतिक विपत्तिबाट भएको क्षतिमा राहत प्रदान गर्ने, गम्भीर प्रकृतिको रोग लागेका बिरामीलाई तथा प्रस्तुति भएका, आगलागी तथा बाढी पहिरोबाट आवास क्षति भएका सदस्यहरूलाई सहयोग गर्ने, समस्यामा परेका ऋणीहरूको व्यवसायको सुरक्षण एवं पुनर्स्थापना गर्ने तथा ग्राहकहरूको शिक्षा र क्षमता विकासमा उपयोग गर्ने गरेको जनाएको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा ग्राहक संरक्षण कोषबाट १ करोड ८५ लाख ४ हजार ५ सय ४७ रकम सुविधा प्रदान गरिएको छ । सदस्य तथा सदस्यका संरक्षकको निधन हुँदा परिवारका आश्रित अन्य सदस्यहरूलाई कर्जा तिर्ने दायित्वबाट राहत दिने उद्देश्यले लगानी गरिएको कर्जाको बीमा गर्ने व्यवस्था मिलाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्र १९ करोड ६० लाख ९८ हजार बीमा सुविधा प्रदान गरिएको संस्थाले जनाएको छ । यस कोषबाट आर्थिक वर्ष २०८०/८१ मा १५ लाख २ हजार ४ सय ७२ खर्च भएको छ ।

कार्यक्रममा संस्थाका विभागीय प्रबन्धक राजनप्रसाद भट्टराई, सिनामंगल नगर सेवा समाजका अध्यक्ष विजयराज पौडेल, पूर्व अध्यक्ष गोपाल बहादुर तामाङ, ज्येष्ठ नागरिक चौतारीका संयोजक क्षेत्र भुषण दाहाल लगायत स्थानीय बुद्धिजीवीहरू, संस्थाको शाखा कार्यालय चुच्चेपाटी, काठमाडौंका कर्मचारीहरू, सदस्यहरूको उपस्थिति रहेको थियो भने ज्येष्ठ नागरिक चौतारीको तर्फबाट गीता कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise