काठमाडौं : यामाहा नेपालले इटहरीमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट आयोजना गरेको छ । बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा इटहरीमा आयोजित प्रतिस्पर्धामा यामाहाका विभिन्न डिलरशिपहरूबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटो बेसिक, प्रोडक्ट, कम्पिटिसन र सेल्स प्रोसेस प्रशिक्षण गरेका थिए । प्रतियोगितामा मेची कोशीका यामाहा डिलरसिपको उत्साहजनक सहभागिता रहेको थियो । सबै प्रतियोगीहरूले आफ्नो ज्ञान र सीप प्रदर्शन गर्दै शीर्ष उपाधिको लागि प्रयास गरेका थिए । सहभागीहरू मध्ये बिजेता, पहिलो रनर–अप, दोस्रो रनर–अपहरूले अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
यस अवसरमा यामाहा नेपालका क्षेत्रीय बिक्री प्रबन्धक रबिन श्रेष्ठले बिजेता, पहिलो रनर अप र दोस्रो रनर–अपलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । सबै सहभागीहरूले आ–आफ्नो प्रयास र ब्रान्डको मूल्यहरूप्रतिको प्रतिबद्धताको मान्यता स्वरूप प्रशंसाको प्रतिकको रूपमा सहभागिताको प्रमाणपत्र प्राप्त गरेका थिए । यो प्रतियोगिता यामाहाको क्षेत्रीय बिक्री प्रतियोगिताको केवल सुरुवात मात्र भएको र बाँकी क्षेत्रहरूमा पनि चाँडै नै यस्तै कार्यक्रमहरू गर्ने योजना यामाहाको रहेको छ ।