२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सार्वजनिक यातायातको भाडादर वृद्धि

Nada
२०८१ पुष २२ गते १८:०९
Shares
सार्वजनिक यातायातको भाडादर वृद्धि

काठमाडौंः सार्वजनिक यातायातको भाडादर वृद्धि भएको छ । यातायात व्यवस्था विभागले सोमबारबाट लागू हुने गरी अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको हो । 

ncell

योसँगै यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा वृद्धि भएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादरमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ०.०५ प्रतिशतले वृद्धि भएको हो ।

भाडा निर्धारणका विभिन्न १३ सूचकलाई आधार मानी २०७८ असार २७ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्रीस्तरीय सहमतिमा सोही साल असार २९ मा भाडादर समायोजना गरिएको थियो। त्यसपछि विभिन्न मितिमा इन्धनमा भएको ५ प्रतिशतको मूल्य घटी या बढी हुँदा भाडादर समायोजन गरिएको थियो। अन्तिम पटक २०८० साउन ३१ मा भाडादर समायोजना गरिएको थियो।  

 

 

 


 


सम्बन्धित खबर