२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

उर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई स्पष्टीकरण

Nada
२०८१ पुष २२ गते २१:३६
Shares
उर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई स्पष्टीकरण

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । सोमबार ऊर्जासचिव सुरेश आचार्यले सात दिनभित्र जवाफ पेस गर्न भन्दै घिसिङलाई नौ बुँदे स्पष्टीकरण सोधेका हुन् ।

ncell

मन्त्रालयको तर्फबाट ९ बुँदामा विभिन्न विषय उल्लेख गर्दै सचिव आचार्यले मन्त्रालयले असोज २२ गते सोधेको स्पष्टीकरणको जवाफ ढिलो दिएको र गोलमटोल रूपमा जवाफ दिएको उल्लेख गरेका छन् । साथै, घिसिङले पठाउनुपर्ने जवाफ नपठाएर औपचारिकतामात्रै निर्वाह गरी असन्तुलित जवाफ पठाएको सोमबारको पत्रमा उल्लेख गरेका छन् ।

साथै, मन्त्रालयले महसुल विवाद हल गर्न गठन गरेको प्राविधिक जाँच समितिलाई असहयोग गरेको, कार्यसम्पादन सम्झौताअनुसार तोकिएको समयमा विवरण पेस नगरेको, मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै आएको लगायतका विषयहरू घिसिङलाई सोधिएको स्पष्टीकरण पत्रमा उल्लेख छ । साथै, पत्रमा ७ दिनभित्र चित्तबुझ्दो जवाफ नआएमा कानून अनुसार थप प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ ।

यसअघि नै उर्जामन्त्री दीपक खड्काले घिसिङलाई मन्त्रीस्तरीय निर्णय गरेर १५ बुँदे र सचिवस्तरीय निर्णय गरेर ६ बुँदे स्पष्टीकरण सोधिसकेका छन् । उनले प्राधिकरणमै आफ्नो कार्यालयसमेत खोलेर घिसिङलाई दबाब दिँदै आएको देखिएको छ ।

सम्बन्धित खबर