२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

नारायणी डेभलपमेन्टको केन्द्रीय कार्यालय भरतपुरमा सर्ने

ADV
मध्यान्ह
२०८१ पुष २२ गते २१:४३
नारायणी डेभलपमेन्टको केन्द्रीय कार्यालय भरतपुरमा सर्ने

भरतपुर : नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा सर्ने भएको छ । बैंकको साधारण सभाले निर्णय गरेसँगै बैंकको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिकाको वडा नं १० वाइपासरोड, स्थित जिल्ला सहकारी संघ चितवनको आधुनिक नवनिर्मित भवनमा सर्ने भएको हो ।

बैंकको केन्द्रीय कार्यालय हाल रत्न नगरपालिकाको वडा नं. १ टाँडीमा रहेको छ । बैंकको कारोबारलाई थप बढाउने तथा सुदृढ गर्ने अभिप्रायले केन्द्रीय कार्यालय सार्ने बैंकले जनाएको छ ।

साथै, बैंकका अनुसार हाकिमचोकमा रहेको शाखा कार्यालय पनि स्थानान्तरण भएर सोही भवनबाट बैंकिङ सेवा दिने छ । कार्यालय सार्नका लागि बैंकले भौतिक पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

०५८ असोज १२ गते देखि सो बैंकले रत्ननगर नगरपालिका १, बकुलहर, टाँडी, चितवनमा केन्द्रीय कार्यालय र टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सामा शाखा कार्यालयहरू खोली बैंकिङ सेवा प्रदान गर्दै आएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise