काठमाडौं : जस्मिन पेन्ट्स लिमिटेडले साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
सम्झौतामा जस्मिन पेन्ट्सका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
जस्मिन पेन्ट्सले प्रति शेयर अंकित मूल्य एक सय दरका ५ लाख कित्ताले हुन आउने पाँच करोड रूपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको छ ।