२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

कुमारी बैंकद्वारा उद्यमी प्रशिक्षण कार्यक्रम

ADV
मध्यान्ह
२०८१ पुष २२ गते २१:४८
कुमारी बैंकद्वारा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं : कुमारी बैंकले उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको आतिथ्यमा बैंकले काठमाडौं बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले युएसएडसँगको साझेदारीमा ‘देशै भरी बर्षै भरी’ उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ । बैंकले हात्तिगौँडा शाखामार्फत् बुढानीलकण्ठ नगरपालिका, वडा नं. ४ को समन्वयमा बुढानीलकण्ठमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । जसमा दुई सय भन्दा बढी महिला तथा युवा उद्यमीहरूको सहभागिता रहेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र बुढानीलकण्ठ नगरपालिका वडा नं. ४ का अध्यक्ष श्रीराम केसीको उपस्थिीतीमा आयोजित कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं४ मा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको लागि एकदिने उद्यमशीलता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

उक्त प्रशिक्षण कार्यक्रमले वडामा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको जीवनस्तर उकास्न तथा व्यवसाय र उद्यमलाई प्राथमिक रूपमा अगाडि बढाउन प्रोत्साहन मिल्ने उदेश्य लिएको वडा नं ४ का अध्यक्ष श्रीराम केसीले बताए ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरुको प्रवद्र्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise