२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ

ADV
रासस
२०८१ पुष २३ गते १४:५८
सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ

झापाः सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ गर्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले सो व्यवसाय सञ्चालन गरी कमाइ गरिरहेका छन् ।

दश वर्ष मलेसियामा बसेर फर्किएका खतिवडाले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी आयआर्जन मात्र होइन स्थानीयलाई रोजगारी पनि दिइरहेका छन् । उनले तीन वर्षअघि रु पाँच लाख लगानीमा मेचीनगर–१० चाँदनी चोकमा सुरु गरेको व्यवसायमा स्थानीय क्षेत्रका गार्मेन्ट उद्योगमा उत्पादित कपडा ल्याउने गरिन्छ । गार्मेन्टमा तयार हुने सर्ट, कुर्ताहरुको टाँकघर बुन्ने र टाँक लगाउने काम गर्दै आएको उनले बताए । 

‘सीप र पुँजी छभने मान्छे भोकले मर्दैन’, उनी भन्छन्, ‘आफ्नै देशमा परिवारसँगै बसेर मनग्ये आम्दानी गर्न सकिन्छ ।’ उनले पाँचलाई रोजगारी प्रदान गरेको बताए । हाल एउटै मेसिनबाट दिनरात काम गरिरहेको उनले बताए । स्थानीय सरकारको सहयोग पाएमा आगामी दिनमा मेसिन थप गरी धेरैलाई सीप सिकाउने र रोजगार दिने योजना बनाएको उनको भनाइ छ ।

वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण (रेमी) परियोजनामार्फत उनको उद्यमलाई प्रवर्द्धन गर्न स्थानीय तहसँग समन्वय गरिरहेको मेचीनगर नगरपालिकाका रेमी परियोजना संयोजक फडिन्द्र दाहालले जानकारी दिए । नेपाल सरकार र स्वीस सरकारको संयुक्त लगानीमा सुरु गरिएको यो परियोजनाले विगत दुई वर्षदेखि मेचीनगर नगरपालिकालगायत कोशीका १० वटा स्थानीय तहमा काम गरिरहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise