काठमाडौं : नेपाल एसबिआई बैंकले पोखरास्थित ताल बाराही मन्दिर पुनर्निर्माणका लागि सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मन्दिरलाई १० लाखको आर्थिक सहयोग प्रदान गरेको हो । यो रकम मन्दिरको पुनर्निर्माणमा मुख्य मन्दिरका लागि आवश्यक सल्यानी ढुंगा खरिदमा खर्च गरिने जनाइएको छ ।
बैंकका अध्यक्ष जयती बन्सलले ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष प्रशुराम शर्मा पहारीलाई औपचारिक रुपमा उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
यस अवसरमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, संचालक पिनाकी नाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक रितेश सिन्हा, नायब प्रमूख कार्यकारी अधिकृत राजेशकुमार पंडा र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरू पनि उपस्थित थिए ।