काठमाडौं : केएनपी नेरोलेक पेन्ट्सले काठमाडौंको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाका लागि चाहिने आवश्यक सामग्री प्रदान गरेको छ । कम्पनीले सडक दुर्घटनाहरू बढ्दै गइरहेको अवस्थामा ‘नो हर्न प्लिज’, ‘नो स्टपिङ’, ‘स्पिड लिमिट’ र ‘नो पार्किङ’ जस्ता महत्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको हो ।
प्रदान गरिएका ती साइनबोर्डहरूले ट्राफिक उल्लंघनका घटनाहरू घटाउनुका साथै पैदलयात्री र चालकहरूको सुरक्षामा पनि महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ । समुदायमा सकारात्मक प्रभाव पार्न पाउँदा निकै गर्व महसुस गरेको कम्पनीले जनाएको छ ।
जापानको पेन्ट कम्पनी केएनपी नेरोलेकले समाजको भलाइमा योगदान पुर्याउने नयाँ लक्ष्य राखेको छ । केएनपी नेरोलेकले संसारको सर्वोत्कृष्ट, पर्यावरणमैत्री पेन्टहरूका साथसाथै नवप्रवर्तनशील उत्पादनहरू प्रदान गरी नेपालको पेन्ट उद्योगलाई सुधार गर्दै स्वास्थ्य र दिगोपनको समर्थन गरिरहेको समेत जनाएको छ ।