२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

वाईफाई नेपालको उपहार विजेता विशालले पाए स्कुटर

Nada
२०८१ पुष २३ गते २१:२३
Shares
वाईफाई नेपालको उपहार विजेता विशालले पाए स्कुटर

काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपाल प्रालिले गएको बडा दशैंको अवसरमा आयोजना गरेको ‘दशैंको बहार, खल्तीबाट पेमेन्ट गर्दा स्कुटर उपहार’ योजना अन्तर्गत बम्पर उपहारको विजेतालाई पुरस्कार प्रदान गरेको छ ।

ncell

कम्पनीले सोमबार वीरगन्जको आयोजित एक समारोहमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ नरबस्तीका बिशाल नेपाललाई सुजुकी कम्पनीको स्कुटर प्रदान गरेको हो । 

उक्त समारोहमा वाईफाई नेपालका ब्राण्ड एम्बेस्डर तथा नेपाल क्रिकेट संघ )क्यान) का सचिव पारस खड्काले बम्पर उपहारको विजेता बन्न सफल नेपालकी आमा मिना देवी नेपाललाई स्कुटरको चाबी हस्तान्तरण गरेका थिए ।

वाइफाई नेपालको बम्पर उपहारका विजेता नेपाल भने हाल अध्ययनका शीलशीलामा जापानमा रहेकाले कार्यक्रममा उपस्थिति हुन नसकेपछि उनकी आमा मिना देवीलाई स्कुटर हस्तान्तरण गरिएको वाईफाई नेपाल प्रालिका सिईओ (प्रमुख कार्यकारी अधिकृत) शत्रुधन पञ्जियारले बताए ।

पञ्जियारका अनुसार गएको बडादशैंको अवसरमा वाईफाई नेपालले खल्ती एपबाट ईन्टरनेट सेवाको भुक्तानी गर्ने आफ्ना ग्राहकहरूका लागि ‘दशैंको बहार, खल्तीबाट पेमेन्ट गर्दा स्कुटर उपहार’ योजना गत असोज १ देखि कार्तिक मसान्तसम्मका लागि सञ्चालन गरेको थियो ।

सो योजनामा झण्डै ५२ हजार ग्राहक सहभागी भएका थिए । उनकाअनुसार देशैभर वाईफाई नेपाल प्रालिका हाल ६० हजार बढी ग्राहक रहेका छन् । वाइफाई नेपाल प्रालिले देशैभर आफ्नो सेवा प्रदान गरिरहेको भन्दै पञ्जियारले वीरगन्जमा पनि सोमबारदेखि नै आफ्नो शाखा औपचारिक सञ्चालनमा ल्याएको जानकारी समेत गराए ।

सम्बन्धित खबर