२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

नेपाल लाइफ क्यापिटलको अध्यक्षमा लामिछाने

ADV
मध्यान्ह
२०८१ पुष २३ गते २१:२४
नेपाल लाइफ क्यापिटलको अध्यक्षमा लामिछाने

काठमाडौं : नेपाल लाइफ क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कृष्णराज लामिछाने सर्वसम्मत रूपमा चयन भएका छन् । वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।

कम्पनीको पुस १९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष ०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति समेत चयन गरेको थियो ।

सञ्चालक समितिमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेशकुमार अग्रवाल, अमितकुमार कयाल र प्रेमप्रसाद रेग्मी निर्विरोध चयन भएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise