काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षमा १८ हजार वृक्षारोपण गर्ने भएको छ । बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार वृक्षारोपण गर्ने घोषणा गरेको हो ।
सो बैंक पुस १८ गतेदेखि आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । बैंकले चालु आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघ/संस्थासँगको सहकार्यमा १८ हजार वृक्षारोपण गर्ने जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा विभिन्न बिरुवा रोपी उक्त अभियानको शुभारम्भ गरेका थिए ।
उक्त कार्यक्रममा रेग्मीले वृक्षारोपण कार्यक्रम चालु आर्थिक वर्षभर सञ्चालन गरिने र अनुकूल समयमा १८ हजार बिरुवाहरू रोप्ने गर्ने जानकारी दिएका थिए ।