२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक

ADV
मध्यान्ह
२०८१ पुष २३ गते २१:२७
‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले १९औँ वर्ष प्रवेश गरेको अवसरमा ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न उक्त योजना सार्वजनिक गरेको हो ।

पहिलो योजनाअनुसार बैंकको मोबाइल बैंकिङमा भएको कनेक्ट आईपीएसमार्फत् रकम ट्रान्सफर गर्ने ग्राहकमध्येबाट २ जनालाई लक्की–ड्र मार्फत् मोबाइल फोन प्रदान गरिने र एक सय रूपैयाँ वा सो भन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की–ड्र मार्फत् १०० रूपैयाँको टपअप प्राप्त गर्ने जनाइएको छ । यो योजना १९ पुसदेखि १९ माघसम्म लागू हुने बैंकले जनाएको छ ।

त्यस्तै, दोस्रो योजनाअनुसार बैंकको मोबाइल बैंकिङमार्फत् बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले लक्की–ड्र मार्फत् बिल भुक्तानी रकम वा अधिकतम १० हजार १२५ रूपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । तेस्रो योजनाअनुसार सो अवधिमा कारोबार संख्या ३ र २ सय रूपैयाँसम्मको कारोबार रकम क्यूआरमार्फत् प्राप्त गरेमा ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत् स्मार्ट वाच प्राप्त गर्नेछन् ।

त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा २ सय रूपैयाँसम्मको रकम क्यूआर मार्फत् प्राप्त गरेमा ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत् स्मार्ट वाच प्राप्त गर्नेछन् । यो योजना १९ पुसदेखि २५ पुससम्म लागू हुने बैंकले जनाएको छ । मोबाइल बैंकिङमार्फत् अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई लक्की–ड्र मार्फत् एक हजार रूपैयाँ क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

साथै, क्यूआरमार्फत् बिल भुक्तानी गर्ने ग्राहकमध्येबाट दैनिक २ जनालाई लक्की–ड्र मार्फत् ५ सय रूपैयाँका दरले क्यासब्याक प्रदान गरिने छ । यो योजना १९ पुसदेखि २५ पुससम्म लागू हुनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise