२०८१ पुष २५ गते बिहिवार / Jan 09 , 2025 , Thursday
२०८१ पुष २५ गते बिहिवार
Ads

मुगुमा मह उत्पादनबाट एक करोडको कारोबार

ADV
मध्यान्ह
२०८१ पुष २४ गते १२:०५
मुगुमा मह उत्पादनबाट एक करोडको कारोबार

मुगुः पछिल्ला वर्षहरुमा महको राम्रो बजार पाउन थालेपछि मुगुमा मह उत्पादन बढ्न थालेको छ । मौरी पालनको लागि उपयुक्त हावापानि भएको मुगुमा   पछिल्लो समय मह उत्पादनबाट एक करोडको कारोबार भएको छ ।

महको पकेट क्षेत्र मानिएको मुगुको मुन्दु, कोटीला, शोभा, चिमाथ, माग्री, मह, चिमाथ, पुव, सेरोग, बाम, खमाले, लिउडी, लमेरम, सेरी, जाम, जिउका, लगायतका २ दर्जनभन्दा बढी स्थानीय कृषकहरुले परम्परागत मुडे घारमा मौरी ब्यावसाय गर्दै आफ्नो जिवन निर्वाह गर्दै आइरहेका छन् ।

मह कृषक रुप बहादुर सेजुवालले पुर्खादेखी यही मौरी खेती गर्दै आएको बताए । उनले वर्षमा १ लाखदेखी २ लाखसम्म मह बिक्री गरेर आम्दानि गरेको घर खर्च चलाउनमा सहयोग पुगेको बताए ।

मह किन्नको लागि ग्राहक घरमै आउने प्रति मानाको १ हजारदेखी १५ सयसम्म जिल्लामा दर रेट भए पनि घरमा आउने ग्राहकलाई १ हजार रुपैयाँ मानो मह बिक्री गर्ने गरेको समेत उनले बताए । उनले भने, ‘वर्षमा २ पटक मह निकाल्ने गरेको छु । जिल्लामा मौरी सम्बन्धि तालीम, गोष्ठी, अनुदानका कार्यक्रम सन्चालन भए पनि अहिलेसम्म मैले कुनै सेवा पाएको छैन ।’

आधुनिक घारमा मौरी नहुेने पुरानै मुडे घारमा मौरी बस्ने र मह राम्रो हुने गरेको कृषकहरुको भनाइ छ । आर्थिक स्रोत र अनुदान नपाउँदा वर्षेनी मौरी भालु र मलछ्याडाले खाने गरेर घाटा हुने गरेको कृषकहरुको गुनासो रहेको छ ।

मुगु जिल्ला कृषि विकास कार्यालयको आ.व. २०८०/०८१ को तथ्यांक अनुसार जिल्ला भरी ५ हजार ५ सय मैरी घार रहेका छन् । गत वर्षभन्दा यो वर्ष मह उत्पादन निकै राम्रो भएको देखिन्छ । सरदरमा प्रति मुडे घारमा ५ किलाेको दरले २० हजार, ५ सय किलाे घरमा खाने, आफ्न्तहरुलाई नासो दिने बाँकी रहेको मह बिक्री गरेर जिल्लामा १ करोड भन्दा बढी आर्थिक रकम जिल्लामा भित्रिएको देखिन्छ । 


 

ADVADV

सम्बन्धित खबर

Advertise