२०८१ पुष २६ गते शुक्रवार / Jan 10 , 2025 , Friday
२०८१ पुष २६ गते शुक्रवार
Ads

लस एन्जलसको डढेलो अमेरिकी इतिहासकै महँगो

ADV
मध्यान्ह
२०८१ पुष २६ गते १२:०१
लस एन्जलसको डढेलो अमेरिकी इतिहासकै महँगो

वासिङ्टन डीसी : अमेरिकाको क्यालिफोनिर्याको लस एन्जलस (एलए) सहरमा केही दिनदेखि जङ्गली डढेलो सल्किरहेको छ । सहरी बस्तीसम्म आइपुगेको यो डढेलो अमेरिकी इतिहासकै सबैभन्दा महँगो डढेलोमध्ये एक भएको विज्ञहरूले बताइरहेका छन् । अहिलेसम्म डढेलोका कारण भएको क्षति ५० अर्ब डलरभन्दा माथि पुगिसकेको विज्ञहरू बताउँछन् । 

निजी प्रक्षेपणकर्ता एक्यूवेदरको प्रारम्भिक प्रक्षेपणअनुसार डढेकोका कारण भएको क्षति ५२ अर्ब डलरदेखि ५७ अर्ब डलरको बीचमा छ । डढेलोले अमेरिकामा सबैभन्दा महँगो मानिएको स्थानको घरहरूसमेत जलाएर खरानी बनाएको छ । अहिलेसम्म यसमा परेर झन्डै २ हजार घर जसिलसकेका छन् भने ५ जनाको मृत्यु भइसकेको छ । 

अधिकारीहरू आगो निभाउन प्रयासरत रहेको भएपनि डढेलो निभ्न सकेको छैन । एक्यूवेदरका प्रमुख मौसमविद् जोनाथन पोर्टरले यसलाई भयानक विपद् भनेका छन् । २०१८ मा उत्तरी क्यालिफोनिर्यामा भएको जङ्गली डढेलोमा ८५ जनाको मृत्यु भएको थियो भने ५० हजारभन्दा धेरै विस्थापित भएका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise