२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

गजल

shivam cement
२०८१ पुष २७ गते ०६:१५
Shares
गजल

-ज्ञानु विद्रोही

बित्दै छ रात सिंगै फोटो चुमेर तिम्रो
पोल्दै छ सम्झनाले आलो बनेर तिम्रो

छाडेर काख न्यानो धिक्कार टाढिएछु
लाग्दै छ आज यस्तो चिठ्ठी पढेर तिम्रो

हुन्थ्यो यता नआए निद्रा बिथोल्न कैल्यै
झस्केर हेर्छु फोटो राती उठेर तिम्रो

इच्छा रह्यो अपूरै तिम्रो समीप बाँच्ने
मेट्दै छु चाहना ती पूजा गरेर तिम्रो ।

सम्बन्धित खबर