२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

अफगानिस्तान सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

ADV
मध्यान्ह
२०८१ असार ११ गते ११:५७
अफगानिस्तान सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

काठमाडौं : अफगानिस्तान आइसिसी टी२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बिहान सम्पन्न खेलमा बंगलादेशलाई डिएलएस पद्धतिमा आठ रनले पराजित गर्दै अफगानिस्तान सुपर ‘एट’ को समूह १ को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

अफगानिस्तानले दुई खेलबाट चार अंक जोड्यो । पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको अफगानिस्तानले त्यसपछिका दुई खेलमा पुनरागमन गरेको हो ।

दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानले सेमिफाइनल सम्भावना बलियो बनाएको थियो । योसँगै अस्ट्रेलिया सुपर ‘एट’बाटै बाहिरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise