२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

‘देशमा बढ्दो संकट रोक्न आइटी आर्मीको सकारात्मक योगदान’

Nada
२०८१ माघ ५ गते २१:२०
Shares
‘देशमा बढ्दो संकट रोक्न आइटी आर्मीको सकारात्मक योगदान’

चितवन : पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आइटी आर्मीले चितवन जिल्ला भेला गर्ने भएको छ । 

ncell

आइटी आर्मी संगठन विभाग प्रमुख आर्या पाण्डेको अध्यक्षतामा शनिबार बसेको बैठकले यहि माघ १२ गते केन्द्रीय अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यमा जिल्ला भेला भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । 

बैठकमा पाण्डेले आइटी बिना देशको विकास सम्भव नहुने बताए । उनले वैदेशिक रोजगारीमा भइरहेका ठगी रोक्न, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा दलालबाट देशलाई बचाउन आइटी सेना निर्माण अपरिहार्य आवश्यकता भएको बताए । उनले आइटी आर्मीका युवाहरुले देशमा बढ्दो संकट रोक्न सकारात्मक योगदान गर्ने पनि बताए । 

बैठकमा महासचिव अमर साह, स्थायी कमिटी सदस्य विजय यादव निर्विज, रामशरण यादव, चितवन जिल्ला इन्चार्ज मीनबहादुर खत्री, जिल्ला अध्यक्ष तुमबहादुर थापा, जिल्ला सचिव श्याम पटेल, उपेन्द्र साह, नितेश साह मुकेश चौधरी लगायतको सहभागिता रहेको थियो । 

ताजा खबर

सम्बन्धित खबर