काठमाडौं : प्रेस काउन्सिल नेपालले कोरोना संकटका बेला पनि आचारसंहिता उल्लंघन गर्ने ५९ वटा सञ्चारमाध्यमलाई स्पष्टीकरण माग गरेको छ । २०७६ चैत १० गतेदेखि २०७७ जेठ ८ गतेको अवधिमा काउन्सिलले कोरोना संक्रमणको विषयमा विना तथ्य समाचार सम्प्रेषण गर्ने ५९ सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधेको हो ।
त्यस्तै काउन्सिलले आचारसंहिता उल्लंघन गर्ने अन्य २२ वटा सञ्चारमाध्यमलाई सचेत गराएको, ४० वटा सञ्चारमाध्यमलाई निर्देशन दिएको, १४ वटा सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराएको, १ वटा सञ्चारमाध्यमलाई अन्तिम चेतावनी दिएको तथा ७० वटा सञ्चारमाध्यमलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरेको काउन्सिलका सह–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनालले विज्ञप्ति मार्फत जानकारी दिए ।
काउन्सिलले ती सञ्चारमाध्यमलाई स्वअनुगमन तथा विभिन्न उजुरी प्राप्त भए अनुसार कारबाहीको दायरामा ल्याएको सह–प्रशासकीय अधिकृत खनालले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies