२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

खुल्दै चीन, भारतसँग जस्तै मन्त्रीस्तरीय संयन्त्र बनाउने सहमति 

ADV
दिवाकर अधिकारी
२०८१ असार १२ गते ०६:५०
खुल्दै चीन, भारतसँग जस्तै मन्त्रीस्तरीय संयन्त्र बनाउने सहमति 

काठमाडौं : नेपाल–चीनबीच परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउने सहमति भएको छ । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डल नेपाल भ्रमणमा रहेका बेला द्विपक्षीय संवादका लागि परराष्ट्रमन्त्री स्तरीय आयोग बनाउने सहमति भएको हो ।

नेपालको भारतसँग मन्त्री स्तरीय संयन्त्र भने यसअघि देखि नै क्रियाशिल छ । भारतसँग जस्तै चीनसँग पनि परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन दुवै पक्ष सहमत भएका हुन् । 

नेपाली पक्षबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलबीच मंगलबार परराष्ट्रमन्त्री स्तरीय आयोग बनाउने सहमति भएको हो ।

भारतसँग मन्त्रीस्तरीय नेपाल– भारत संयुक्त आयोग नामक संयन्त्र सन् १९८७ देखि अस्तित्वमा छ । नेपालका परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्री सम्मिलित संयुक्त आयोग विगतमा लामो समय निष्क्रिय रहेको थियो । तर, यो संयन्त्रलाई सत्तामा आएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा सक्रिय तुल्याएका थिए ।

यसअघि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको भ्रमणमा गएका बेला नेपाल चीन संयुक्त आयोगको स्थापनाका लागि नेपालले प्रस्ताव गरेको थियो । वाङ यीसँगको छलफलमा क्रममा नेपाली परराष्ट्रमन्त्रीले भारतसँगकै जस्तो मन्त्रीस्तरीय संयन्त्र बनाउने विषयमा छलफल भएको थियो । 

त्यसको निरन्तरतामा मंगलबार सहमति भएको हो । भारतसँग जस्तै चीनसँग पनि मन्त्रीस्तरीय संयन्त्र निर्माण गर्ने सहमति हुनुलाई सरकारी अधिकारीहरू नेपालको समान छिमेकी नीतिसँग जोडेर हेर्नुपर्ने बताउँछन् । 

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भएका बेला ऊर्जा क्षेत्रमा पनि चीनसँग भारतसँगको जस्तै समझदारी भएको थियो । 

तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच ऊर्जा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

उक्त सहमति भएपछि नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा लागनी गर्ने, विद्युत आदानप्रदान गर्ने जस्ता विषयमा सरकारी स्तरमा छलफल गर्न सहज भएको बताउने गरिन्छ ।

नेपाल र चीनका बीचका बन्द रहेका सीमा नाकाहरु पनि खुलेका छन् । १२ जेठ २०८१ मा चीनसँग जोडिएका १४ व्यापारिक नाका एकसाथ खुलेका थिए । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण २०७६ माघ देखि बन्द रहेका नाका पाँच वर्षपछि एकैसाथ खुलेका हुन् ।

कुटनीतिक क्षेत्रका जानकारहरू नेपालसँग चीन खुल्दै गएको प्रमाण भएको छ । यसलाई नेपालसँग चीन नजिकिँदो रहेको रुपमा समेत कतिपयले अर्थ लगाएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise