काठमाडौं : आईसीसी यु-१९ महिला टी-२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालम्पुरमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १८.५ ओभरमा ७३ रनमा अलआउट भयो ।
नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा स्कटल्यान्डकी मोइसी म्याकेइराले ५ विकेट लिइन्।