२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

वीरगञ्ज भन्सारद्वारा छ महिनामा ८० अर्ब राजस्व सङ्कलन

Nada
२०८१ माघ ७ गते १४:२६
Shares
वीरगञ्ज भन्सारद्वारा छ महिनामा ८० अर्ब राजस्व सङ्कलन

पर्साः वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१र८२ को ६ महिनाको अवधिमा रु ८० अर्ब पाँच करोड ५१ लाख राजस्व सङ्कलन गरेको छ । 

ncell

भन्सार विभागले कार्यालयलाई चालु आवको ६ महिनाको अवधिमा रु एक खर्ब चार अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६ दशमलव ८४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सवारीसाधन र पेट्रोलियम पदार्थमा आयात बढेसँगै राजस्व सङ्कलन सुधारोन्मुख रहेको बताए । 

‘सवारीसाधनको आयात र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छ’, उनले भने, ‘साउनयता पुस महिनामा उच्च राजस्व सङ्कलन भएको छ ।’

वीरगञ्ज भन्सार कार्यालयले चालु आवको साउन महिनामा रु १२ अर्ब १५ करोड राजस्व सङ्कलन गरेको छ । यसैगरी, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिकमा रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड तथा पुसमा चालु आवकै बढी रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आवको ६ महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३६ दशमलव ५६ प्रतिशत राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । त्यसैगरी, सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि चालु आवको महिनाको अवधिमा रु २३ अर्ब ३४ करोड ३३ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले कुल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

ताजा खबर

सम्बन्धित खबर