२०८१ फागुन ६ गते मङ्गलवार / Feb 18 , 2025 , Tuesday
२०८१ फागुन ६ गते मङ्गलवार
Ads

नेपाल स्कटल्यान्डसँग पराजित

hardik ivf
मध्यान्ह
२०८१ माघ ७ गते १५:३३
नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौं : नेपालले आईसीसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार व्यहोरेको छ । मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले पराजित भएको हो ।

नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो ।

स्कटल्यान्डका लागि पिपा स्प्रउलले ३५ र गाब्रिला फन्टेनलाले १२ रन बनाए । नेपालका लागि रचना चौधरी र सीमाना केसीले दुई-दुई तथा पूजा महतो र क्रिस्मा गुरुङले एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले २७ र सावित्री धामीले १० रन बनाइन् । स्कटल्यान्डका लागि मसी मेसिराले पाँच विकेट लिइन् । 

नेपाल पहिलो खेलमा बाङ्लादेशसँग पराजित भएको थियो । अब नेपाल लिग चरणको अन्तिम खेलमा बुधबार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

ADV

सम्बन्धित खबर

Advertise