२०८१ माघ १० गते बिहिवार / Jan 23 , 2025 , Thursday
२०८१ माघ १० गते बिहिवार
Ads

अपर तामाकोसी हाइड्रोपावरको बैठक ‘कोरम’ नपुगेर स्थगित

hardik ivf
मध्यान्ह
२०८१ माघ १० गते १४:०६
अपर तामाकोसी हाइड्रोपावरको बैठक ‘कोरम’ नपुगेर स्थगित

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अध्यक्ष भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको बैठक ‘कोरम’ नपुगेर स्थगित भएको छ ।

मंगलबारका लागि डाकिएको बैठकमा बहुमत सदस्य अनुपस्थित भएपछि हुन नसकेको प्राधिकरणले जानकारी दिएको छ । अपर तामाकोसी जलविद्युत् आयोजना निर्माण गर्ने यो कम्पनी विद्युत् प्राधिकरणकै ‘सब्सिडायरी’ हो । कम्पनीमा अध्यक्ष घिसिङ बाहेक तीन जना उपकार्यकारी निर्देशक सञ्चालक छन् ।

त्यस्तै नेपाल टेलिकमका प्रबन्ध निर्देशक, कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक पनि सञ्चालक समिति सदस्य हुने प्रावधान छ । सर्वसाधारण शेयर धनीका तर्फबाट चार जना सञ्चालक बोर्डमा रहन्छन् ।

नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानका प्रतिनिधि स्थायी आमन्त्रित सदस्यका रूपमा बोर्डमा रहन्छन् । १० जनाको बोर्डमा ६ अनुपस्थित भएपछि सञ्चालक समिति बैठक नै बस्न नसकेको प्राधिकरणको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise