२०८१ फागुन ३ गते शनिवार / Feb 15 , 2025 , Saturday
२०८१ फागुन ३ गते शनिवार
Ads

सभापति कपः चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै संकटा सेमिफाइनलमा 

hardik ivf
मध्यान्ह
२०८१ माघ १० गते १७:४५
सभापति कपः चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै संकटा सेमिफाइनलमा 

काठमाडौंः संकटा एफसीले चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा काठमाडौंको संकटाले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । संकटाका लागि अबेका रिचर्डले दुई तथा चन्दन दासले एक गोलको मद्दत गरे ।

पहिलो हाफमा एक गोल गरेको संकटाले दोस्रो हाफमा दुई गोल थप्न सफल भयो । संकटाले अब मछिन्द्र क्लब र नेपाल एपीएफ क्लबबीचको विजेतासँग सेमिफाइनल खेल्ने छ भने खेल शुक्रबार हुनेछ । सभापति कपमा ८ टोलीको सहभागिता रहेको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise