२०८१ माघ १२ गते शनिवार / Jan 25 , 2025 , Saturday
२०८१ माघ १२ गते शनिवार
Ads

नेपाल भाषाका स्रष्टा सम्मानित

hardik ivf
मध्यान्ह
२०८१ माघ ११ गते २१:४०
नेपाल भाषाका स्रष्टा सम्मानित

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठान भाषा (मातृभाषा,कोश र व्याकरण) विभागले ‘नेपाल भाषाका स्रष्टाहरूलाई  कदरपत्र’ प्रदान गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर कार्यक्रमको उद्धाटन गरेका थिए । 

उनले नेपालभाषा, साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टाहरू तेजेश्वरबाबु ग्वङ्गः, नारायणदेवी श्रेष्ठ, प्रकाश प्रधानाङ्ग, सूवर्ण शाक्य,नवीन चित्रकार, सत्यभामा माथेमा, प्रा.डा.तुयुबहादुर महर्जन, मथुरा साय्मि,अपर्णा प्रधान, सौरभ शाक्य, श्याम आशा र  रामेश्वर भुजु गरी १२ जनालाई नगदसहित कदरपत्रद्वारा सम्मान गरेका थिए । 

No description available.

कार्यक्रममा कुलपति राईले तत्कालीन राज्यसत्ता मातृभाषा प्रति अनुदार रहेको समयमा पनि नेपाल भाषा र साहित्यको साधना गर्नु भनेको खास चुनौती,अभियान र आन्दोलन भएको बताए । 

उनले प्रज्ञा–प्रतिष्ठानले सम्झिनु भनेको राज्य संयन्त्रले सम्झिएको हो भन्ने बुझ्न जरुरी रहेको बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ विमल निभाले सदियौँदेखि उत्पीडनमा परेका मातृभाषाका स्रष्टाहरूलाई कदर गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै यो एक प्रतीकात्मक सम्मान रहेको बताए । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा साधन र स्रोतको अभावले प्रज्ञा–प्रतिष्ठानका  कतिपय ठोस काम गर्न कठिनाइ रहेको बताए । 

No description available.

कार्यक्रमका सभाध्यक्ष,नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा,कोश र व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिव’ले नेपालभाषा साहित्यका ज्येष्ठ स्रष्टालाई प्रज्ञा–प्रतिष्ठानको तर्फबाट सम्मान गरेर थप हौसला प्रकट गरेको बताए । 

कार्यक्रमको सुरुमा वरिष्ठ कवि त्रिरत्न शाक्यको निधनमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise