२०८१ माघ १६ गते बुधवार / Jan 29 , 2025 , Wednesday
२०८१ माघ १६ गते बुधवार
Ads

'सार्वजनिक यातायात व्यवस्थित गर्न सिटी बस नै उत्तम विकल्प'

hardik ivf
२०८१ माघ १३ गते ०६:३०
'सार्वजनिक यातायात व्यवस्थित गर्न सिटी बस नै उत्तम विकल्प'

काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा महानगर यातायातले स्थापनाको छोटो समयमै आफ्नो व्यवसायको राम्रो विस्तार गरेको छ । २०७२ सालमा स्थापना भएको महानगर यातायातले सुरुमा ४९ वटा सिटी बस भित्र्याएको थियो, अहिले थप ४० बस ल्याएर ८९ बस पु¥याएको छ । यस्तै आगामी वर्षमा दर्जनौं संख्यामा विद्युतीय बस भित्र्याउने तयारीमा सो कम्पनी अगाडि बढेको छ ।

काठमाडौं उपत्यकामा दिनप्रतिदिन सवारी साधनका कारण सहरी यातायात क्षेत्र थप जटिल हुँदै गएको देखिन्छ । जसमा साना तथा निजी सवारी संख्याको भूमिका बढी छ । काठमाडौं उपत्यकाको सवारी क्षेत्रलाई व्यवस्थित बनाउने र यातायात व्यवसायलाई थप व्यावसायिक बनाउने विषयमा रहेर महानगर यातायातका उपाध्यक्ष सन्तोष खतिवडासँग मध्यान्हका छबि सापकोटाले कुराकानी गरेका छन् ।

काठमाडौं उपत्यकाका सडकमा सिटी बसको महत्व कत्तिको छ ?

काठमाडौंमा सार्वजनिक यातायातलाई व्यस्थित गर्नका लागि सिटी बस अत्याधिक प्रयोगमा ल्याउनु पर्छ । अहिले प्रदेश सकारले सिटी बस भन्दा साना माइक्रो बसलाई अनुमति धेरै दिँदा सडक जामको समस्या बढिरहेको छ । १४/१५ सिटको माइक्रोबस भन्दा र ३० सिटको सिटी बस चलाउने हो भने एकै पटक धेरै यात्रुलाई सेवा दिन सकिन्छ । अहिले चक्रपथ भित्र सिटी बस हुँदा सार्वजनिक सवारी साधनमा यात्रा गर्नेलाई निकै सहज भएको छ, तर भित्री सडकमा सिटी बस कम हुँदा यात्रुहरूलाई अप्ठ्यारो भइरहको छ । 

हाम्रोमा सिटी बस भन्दा साना माइक्रोलाई पा्रथमिकता दिनुपर्र्ने कुनै कारण छैन । किनभने विश्वभरी नै सहरी क्षेत्रमा सिटीबसलाई व्यस्थित गर्दा सार्वजनिक यातायात भरपर्दाे बनिरहेको छ । सहरमा भिडभाड हुने क्षेत्रमा सिटी बस नै चलाउनु पर्ने हो तर, हाम्रोमा यातायात क्षेत्रको लागि दीर्घकालीन रणनीति नहुँदा समस्या बढ्दै गएको छ ।

काठमाडौं भित्र सिटी बस चलाउन सहज छ ?

अहिले जसरी चक्रपथ मात्रै सिमित भएको सिटी बसलाई भित्र समेत चल्न दिने हो काठमाडौं उपत्यकामा जति ट्राफिक व्यवस्थापनको समस्या छ त्यो आधा कम हुन्छ । भित्र ठूला १२/१६ मिटरका बस चलाउन सकिँदैन । तर ९ मिटरसम्म लामो सिटी बस चलाउन सकिन्छ । ९ मिटरको गाडीमा एक पटकमा ४० जना यात्रु लैजान सकिन्छ । 

काठमाडौंको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने हो भने मास ट्रास्पोटेसनमा जानै पर्छ । अन्यथा अहिले जसरी ट्राफिक जाम बढीरहेको छ त्यसलाई नियन्त्रण गर्न सकिँदैन । अब यातायात साधनलाई रोड परमिट दिनुपर्दा एकै पटक धेरै यात्रु बोक्न सक्ने सार्वजनिक बसलाई नै सरकारले प्राथामिकता दिनुपर्छ । 

मास ट्रान्स्पोटेसनको लागि सिटी बसको अवधारणा ठिक होला र ? 

अहिले हाम्रोमा चक्रपथ भित्र बस चलाउन नदिने भन्ने छ । तर, त्यो नै गलत धारणा हो  । एउटा बसले तीन वटा माईक्रोबसले बोक्ने संख्याको सवारी लैजान सक्छ । त्यसले सडकमा कम क्षेत्रफल ओगटछ । यातायात क्षेत्रमा एउटा निर्णयले सार्वजनिक यातायात क्षेत्रमै सुधार आउन सक्छ । त्यो भनेको सिटी बसलाई नै व्यवस्थित गर्नु हो । त्यसका लागि साना गाडी भन्दा बसलाई नै चलाउनका लागि जोड दिनुपर्छ । 

महानगर यायायातले अहिले कति सार्वजनिक बस सञ्चालन गरको छ ? आगामी योजना के छ ?

काठमाडौं उपत्यकामा महानगर यातायातले चक्रपथमा यात्रुहरूलाई सेवा दिँदै आएको हो । हामीले ९ वर्ष अघिदेखि महानगर यातायातको रूपमा रिङ रोडमा सिटी बस सञ्चालनमा ल्याएको थियौँ । ४९ वटा वसबाट सुरु भएको हाम्रो यातायात व्यवसाय अहिले ८९ वटा बसमा पुगेको छ । आगामी वर्ष थप ५० वटा विद्युतीय बस ल्याउने तयारीमा छौँ । 

हामी सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउनका सिटी बसलाई बढाउन पर्छ भन्नेमा छौं । यस्तै महानगर यातायातलाई अब पब्लिक लिमिटेड कम्पनी बनाउने योजना बनाएका छौं । यसो गर्दा सार्वजनिक यातायात चढ्नेले अपनत्व लिन सकोस र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउन सकियोस् भन्ने हो । हामी महानगर पब्लिक कम्पनीको रूपमा अघि बढाउँदै आइपिओ निकाल्नेसम्मको तयारीमा छौँ । जुन नेपालको सार्वजनिक यातायात क्षेत्रको पहिलो पब्लिक कम्पनी बन्न सक्छ । यस्तै महानगर यातायातले लामो दूरीका रूटहरूमा पनि आफनो सेवालाई बढाउने योजनामा हामी जुट्न लागेका छौँ ।

सार्वजनिक यातायातलाई व्यवस्थित गर्न सरकारले भूमिका कस्तो हुनुपर्छ ? 

अब काठमाडौंमा सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने हो भने अहिले जति साना र पुराना गाडीहरू चलिरहेका छन् तिनलाई विस्थापन नै गर्नुपर्छ । कम्तिमा २६ सिट भन्दा माथिका सिटी बसहरू सञ्चालन गर्नुपर्छ । त्यसका लागि सरकार, महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य हुन आवश्यक छ । 

उपत्यकाको सार्वजनिक सवारी साधन चलाउनका लागि बस क्याटागोरीलाई मात्र परमिट दिने नीति बनाउने हो भने मात्र सार्वजनिक यातायातमा पहुँच सहज हुन्छ । अहिले १४ सिटमा मात्र भित्री सडकमा गुड्ने भन्ने नीति छ, त्यो अव्यवहारिक नै छ ।

पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढ्दो छ, सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको कति उपयोगी हुन सक्छ ? 

नेपालमा सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय बसलाई नै प्राथामिकता दिनुपर्छ । ४ वर्ष अघि देखि नै सार्वजनिक यातायाताको क्षेत्रमा इभी गाडी सहज रूपमा चलिरहेका छन् । सरकारी स्वामित्वमा रहेको साझा यातायातले समेत सञ्चालनमा ल्याएको इभी बस राम्रो सँग सञ्चालन भएको छ । इभीको प्रयोगले खर्च कम, इन्धनको बचत, प्रदुषण समेत नहुने हुँदा काठमाडौंमा इभी बसको थप महत्व छ । त्यसैले हामीले आगामी वर्षमा इभी बस सञ्चालन गर्दै छौँ । 

९ वर्ष अघि महानगरमा सार्वजनिक यातायात सञ्चालन गर्दा धेरै चुनौती थिए । अहिले हामी देशकै सबै भन्दा धेरै यात्रलाई सेवा दिने कम्पनी भएका छौँ । नेपालमा सार्वजनिक बस चढ्ने कुरालाई गर्वको रूपमा हेर्ने गरिँदैन । प्राइभेट गाडी भन्दा सार्वजनिक यातायात(लाई सहज बनाउन आवश्यक छ । जसले सम्पूर्ण यातायात क्षेत्रलाई व्यवस्थित बनाउनमा समेत भूमिका खेल्न सक्छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise