२०८१ माघ १७ गते बिहिवार / Jan 30 , 2025 , Thursday
२०८१ माघ १७ गते बिहिवार
Ads

बोलनटार युवा क्लबलाई उपाधि

hardik ivf
मध्यान्ह
२०८१ माघ १५ गते ११:३९
बोलनटार युवा क्लबलाई उपाधि

नुवाकोट, विदुर : नुवाकोटको विदुर नगरपालिका-१३ स्थित कालिका माई युवा क्लबले आयोजना गरेको प्रथम कालिका माई फुटबल प्रतियोगिताको उपाधि बोलनटार युवा क्लबले जितेको छ । 

सोमबार वडा कार्यालय खेल मैदानमा सम्पन्न फाइनल खेलमा बोलनटारले देउडी युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।

विजेता बोलनटार युवा क्लबले नगद २० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता देउडी युवा क्लबले नगद १० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल पाएको छ ।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य र नुवाकोट इन्चार्ज केशवराज पाण्डेले खेलकुदले युवालाई अनुशासित, जिम्मेवार र स्वस्थ बनाउने भन्दै यस्ता प्रतियोगिताले स्थानीय खेलकुद विकासमा योगदान पुर्‍याउने बताए । उनले देउडीस्थित खेल मैदानको स्तरोन्नतिका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।

क्लबका अध्यक्ष राजकुमार तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रममा विदुर-१३ का वडा अध्यक्ष भरत तामाङको विशिष्ट आतिथ्यता रहेको थियो ।

विदुर-१३ का वडाध्यक्ष भरत तामाङले प्रतियोगिताले सामुदायिक एकता र भाइचारा मजबुत बनाएको भन्दै भविष्यमा पनि यस्ता गतिविधि निरन्तर आयोजना गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

No description available.

समापन समारोहमा एमाले जिल्ला सचिव शिव नारायण चित्रकार, क्षेत्र नम्बर २ का इन्चार्ज अरुण कुमार श्रेष्ठ, विदुर नगर अध्यक्ष अनुज कुमार श्रेष्ठ, बागमती प्रदेश सदस्य नवराज ओझा, वडा कमिटी-१३ का अध्यक्ष चिरञ्जीवी ओझा, जिल्ला खेलकुद महासंघका अध्यक्ष राजन श्रेष्ठ र कांग्रेसका स्थानीय नेता विश्वराज अधिकारीलगायत खेलाडी र खेलप्रेमीहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा समाजसेवामा महत्वपूर्ण योगादा गर्ने गणेशजंग मल्ल, भरत सिंह ठकुरी, मिन शाही, गोपाल तामाङ, तारा सिंह ठकुरी, राम बहादुर तामाङ, भोजराज अधिकारी र कृष्णजंग मल्ललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

माघ ११ गतेदेखि सुरु भएको प्रतियोगितामा १४ समूहले प्रतिस्पर्धा गरेका थिए । क्लबले प्रतियोगितालाई भव्य र सभ्य बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेको छ । 

यस प्रतियोगिताले स्थानीय खेलाडी र खेलप्रेमीहरूको उत्साहजनक सहभागिता तथा सामुदायिक खेलकुद प्रवर्द्धनमा नयाँ ऊर्जा थपेको छ ।

No description available.

ADVenergy

सम्बन्धित खबर

Advertise