काठमाडौँ : अन्तर्राष्ट्रिय महिला टी-२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ । नेदरल्याण्ड्सले दिएको १५८ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि सिता रानामगरले सर्वाधिक २८ रन बनाइन् । त्यस्तै कविता जोशीले २७ तथा पूजा महतोले २४ रन बनाइन् ।
नेदरल्याण्ड्सका लागि इभा लिन्च र क्यारोलिन डे लाङले २/२ विकेट लिए । आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले १/१ विकेट लिए ।त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो ।
नेदरल्याण्ड्सका लागि रोबिन रिकेले अविजित अर्धशतकीय पारी खेलिन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रनको फिनिसिङ पारी खेलिन् ।
नेपालका लागि कविता कुँवर, पूजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक/एक विकेट लिए । नेपालले महिला टी-२०आईमा पूरा गरेको सबैभन्दा ठुलो लक्ष्य ११६ रनको हो ।