२०८२ साउन १५ गते बिहिवार / Jul 31 , 2025 , Thursday
२०८२ साउन १५ गते बिहिवार
Ads

गजल

shivam cement
२०८१ माघ १९ गते ०६:०५
गजल

-राधा कणेल

लुकाएर आफ्नै नयन भित्र–भित्र 
गरेको छु तिम्रो जतन भित्र–भित्र

तिमी दूर एक पल् हुँदा पोल्छ छाती
भएको छ यस्तो जलन भित्र–भित्र 

तिमीदेखि शर्माउँदै छन् सितारा 
नपत्याए हेर्नू गगन भित्र–भित्र

अचेल चाल बेग्लै भएको छ मेरो
चलेको छ तिम्रो खटन भित्र–भित्र ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise