२०८१ माघ १९ गते शनिवार / Feb 01 , 2025 , Saturday
२०८१ माघ १९ गते शनिवार
Ads

महिला टी–२० शृंखला : थाइल्यान्डसँग नेपाल ४ विकेटले पराजित

hardik ivf
मध्यान्ह
२०८१ माघ १९ गते १५:५३
महिला टी–२० शृंखला : थाइल्यान्डसँग नेपाल ४ विकेटले पराजित

काठमाडौं : महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणीय शृंखलामा थाइल्यान्डसँग नेपाल पराजित भएको छ ।  त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्यान्डले १९ ओभरमा पूरा गरेको थियो । थाइल्यान्डका लागि नन्नापट कन्चरोइन्कैले सर्वाधिक ६० रन बनाइन् । त्यस्तै स्वानान खाइआटोले १४ र कप्तान नरुइमोल चाइवाइले १३ रन बनाइन् । 

नेपालका लागि मनिसा उपाध्यायले २ र कविता कुँवर, रुविना क्षेत्री र कविता जोशीले १–१ विकेट लिइन् । त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो । नेपालका लागि कविता कुँवर र बिन्दु रावलले २५–२५ रन बनाएन् । त्यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाइन् । 

यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । थाई टोलीले पहिलो खेलमा नेदरल्यान्ड्सलाई पनि हराएको थियो ।
 

ADVenergy

सम्बन्धित खबर

Advertise