२०८१ माघ २० गते आइतवार / Feb 02 , 2025 , Sunday
२०८१ माघ २० गते आइतवार
Ads

खेलकुद समग्र व्यक्तित्व विकासका लागि आवश्यक : मुख्यमन्त्री कँडेल

hardik ivf
मध्यान्ह
२०८१ माघ २० गते १३:४०
खेलकुद समग्र व्यक्तित्व विकासका लागि आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ र समुन्नत नागरिक बनाउन खेलकुद आवश्यक रहेको बताएका छन् । आज वीरेन्द्रनगरमा संचालित सातौं नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितालाई सम्बोधन गर्दै खेलकुद केबल मनोरञ्जनको माध्यम मात्र नभइ समग्र व्यक्तित्व विकासका लागि आवश्यक रहेको बताए ।

उनले स्वस्थ जीवनशैली अपनाउन, मानसिक सन्तुलन कायम गर्न र सामाजिक सद्भाव बढाउनसमेत खेलकुदको आवश्यकता रहेको उल्लेख गरे । समाजमा रहेका हरेक युवा एवम् बालबालिकालाई खेलकुदमा जोड्न सके असल नागरिक बनाउने अभियान सफल हुने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

खेलकुदले स्वस्थ, अनुशासित र सफल जीवन जिउन सहयोग गर्ने भएकाले शरीरलाई मात्रै नभइ मानसिक र सामाजिक पक्षलाई पनि मजबुत बनाउने भएकाले हरेक व्यक्तिले खेलकुदलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउन जरुरी रहेको मुख्यमन्त्री कँडेलले बताए । सातौं नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ ।

ADVenergy

ताजा खबर

सम्बन्धित खबर

Advertise