२०८१ माघ २० गते आइतवार / Feb 02 , 2025 , Sunday
२०८१ माघ २० गते आइतवार
Ads

भारतले जित्यो यू-१९ महिला विश्वकपको उपाधि 

hardik ivf
मध्यान्ह
२०८१ माघ २० गते १५:३९
भारतले जित्यो यू-१९ महिला विश्वकपको उपाधि 

काठमाडौँ : दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै भारत आइसिसी यू-१९ महिला टी-२० विश्वकप विजेता बनेको छ । 

आइतबार मलेसियाको क्वालालम्पुरमा भएको उपाधि भिडन्तमा भारतीय महिला टोली बलिङ र ब्याटिङमा दुवैमा हाबी भयो । टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका २० ओभरमा ८२ रनमै अलआउट भयो । 

दक्षिण अफ्रिका लागि माइकी भान वुर्स्टले सबैभन्दा बढी २३ रन जोड्न सकिन् । बलिङमा भारतकी गोनगडी त्रृसाले ३ विकेट लिइन् भने पारुनिका सिसोधिया, आयुषी शुल्ला र वैष्णभी शर्माले २-२ विकेट लिए।

८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । भारतकी ओपनर कामलिनी ८ रनमा आउट हुँदा गोनगडी त्रृसाले नटआउट ४४ रन र सनिका चाल्केले नआउट २६ रन बनाइन् । 

भारतले लगातार दोस्रो संस्कारको उपाधि जितेको हो । यसअघि सन् २०२३ मा भएको पहिलो संस्करणको फाइनलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले हराएर उपाधि जितेको थियो । 

ADVenergy

सम्बन्धित खबर

Advertise