काठमाडौँ : नेपाल भाषा एकेडेमीको नयाँ कुलपतिमा मल्ल के सुन्दर सर्वसम्मत चयन भएका छन् । एकेडेमीको २४ र्औं वार्षिक सभाबाट मल्ल सर्वसम्मत रूपमा कसलपतिचयन भएका हुन् ।
एकेडेमीको विधानअनुसार सम्पन्न कार्यकारिणी समितिमा पुष्पराज राजकर्णिकार उपकुलपति, महेन्द्र गोपाल कर्माचार्य सदस्य सचिव तथा वीरप्रसाद भन्सारी कोषाध्यक्ष चयन भएका छन् । यस्तै १० सदस्यीय प्राज्ञहरूमा प्रेम शान्ति तुलाधर, शशीकला मानन्धर, राजेन्द्र महर्जन पुता, राजितबहादुर श्रेष्ठ, विद्या चित्रकार र विजय रत्न असंबरे सर्वसम्मत चयन भएका हुन् ।
१५ सदस्यीय कार्यकारिणी समितिका लागि बाँकी ५ प्राज्ञहरूमा निर्मल बज्राचार्य, रजनी मिला, शाक्य सुरेन, तुल्सी सायमी र कृष्णभक्त महर्जनलाई मनोनयन गर्ने नव निर्वाचित कार्यकारिणी समितिको पहिलो अनौपचारिक बैठकले निर्णय गरेको छ ।
बैठकले निवर्तमान कुलपति यज्ञ रत्न धाख्वाःलाई एकेडेमीको संरक्षक पदमा मनोनयन गरेको छ ।