रौतहट : रौतहट यमुनामाई गाउँपालिका वडा नं.४ सरुअठामा युवक मृत्यु घटनाका पीडित पक्षले हत्या गर्ने अभियुक्तहरु धरौटीमा छुटेको भन्दै प्रदर्शन गरेका छन् ।
स्थानीय ५२ वर्षीय राम विनोद गुप्तालाई २०७६/०३/४ गते गाउँकै दश जना व्यक्तिहरुले टाउको र शरीरका अन्य भागमा कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
गुप्ताको उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगंजमा २०७६/३/१० गते निधन भएको थियो । घर अगाडि बसिरहेको बेला सोही गाउँका विन्देश्वरी सिंह, राम किशोर सिंह, रोहित कुमार सिंह भन्ने राजा सिंह, रोशन सिंह, अरविन्द्र कुमार सिंह, वडाबाबु सिंह र रामविनोद सिंह र निखिल कुमार सिंहले कुटपिट गरेका थिए ।
मृतकको भाइ राजन गुप्ताले दाजुलाई कुटपिट गर्ने १० जनाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । जिल्ला अदालतले नाबालक निखिल सिंह र विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहित कुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडाबाबु सिंह र रामविनोद सिंहमध्ये दुई जना रामकिशोर र रामविनोदलाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । तर जिल्ला अदालतबाट उनीहरु धरौटीबाट छुटी सकेका छन् भने अन्य पाँच जना फरार रहेका छन् ।
विचारधिन मुद्दाको पेशी २०८१/१०/२० गतेका दिन मुख्य न्यायाधिश मनोज के.सी.ले रामकिशोर र रामविनोदलाई सफाइ दिएको भन्दै रौतहट जिल्ला अदालत अगाडि विरोध प्रदर्शन गरिएको हो । उनीहरुले अदालतले हत्या गरेको व्यक्तिलाई सफाइ दिएको भन्दै आपत्ति जनाएका छन् ।