२०८१ माघ २२ गते मङ्गलवार / Feb 04 , 2025 , Tuesday
२०८१ माघ २२ गते मङ्गलवार
Ads

पेट्भर्वा माविमा सरस्वतीको मूर्तिको प्राणप्रतिष्ठा

hardik ivf
मध्यान्ह
२०८१ माघ २१ गते २१:४५
पेट्भर्वा माविमा सरस्वतीको मूर्तिको प्राणप्रतिष्ठा

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका –६ पेटभर्वामा  रहेको श्री माध्यमिक विद्यालयमा सरस्वतीको मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ । 

सोमबार सरस्वती पूजाको अवसर पारेर मूर्तिको प्राणप्रतिष्ठा गरिएको हो । विद्यालय परिसरमा प्रधानाध्यापक रामकिशोर यादवको विशेष सक्रियताले पाँच लाखमा निर्माण गरिएको मन्दिरमा मूर्तिलाई विधिपूर्वक पूजा अर्चना र प्राणप्रतिष्ण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमा देवी यादवले जानकारी दिइन् । 

पेटभर्वाका वडाअध्यक्ष रामएकवाल राय यादवको वडास्तरीय बजेट र उपस्थितिमा मूर्तिको प्राणप्रतिष्ठा गरिएको हो । सो अवसरमा वडाध्यक्ष यादवले विद्यार्थीहरुलाई प्रविधिमैत्री वातावरणमा अध्यापन गराउनुका साथै विद्यालयको भौतिक तथा शैक्षिक व्यवस्थापनका लागि आवश्यक सहयोग गरिने बताए । 

विद्यार्थीलाई सुन्दर र शान्त वातावरणको साथसाथै विद्यालयको शैक्षिक र भौतिक विकासका लागि विभिन्न कार्ययोजनासँगै कार्यन्वयन भइरहेको उनले बताए ।

ADVenergy

सम्बन्धित खबर

Advertise