२०८२ साउन २९ गते बिहिवार / Aug 14 , 2025 , Thursday
२०८२ साउन २९ गते बिहिवार
Ads

रविसहित १४ विरुद्ध चितवनमा आज मुद्दा दर्ता गरिने

shivam cement
२०८१ माघ २२ गते ०६:२५
रविसहित १४ विरुद्ध चितवनमा आज मुद्दा दर्ता गरिने

काठमाडौं : चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता हुने भएको छ ।

सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

चितवन जिल्ला सरकारी वकिल कार्यालयले आइतबार तथ्य–तथ्यांक नमिलेको भन्दैं पुनःअनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न फाइल प्रहरीलाई फर्काएको थियो ।

प्रहरीले पठाएको अनुसन्धान प्रतिवदेन र तिनका प्रमाणहरुको आधारलाई लिएर सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।

यसअघि प्रहरीले दिएको अनुसन्धान प्रतिवेदनमा १४ जना व्यक्ति र ६ वटा संस्थालाई प्रतिवादी बनाइएको थियो । यो मुद्धामा गोर्खा मिडिया प्रालिका तत्कालिन सञ्चालक तथा प्रवन्ध निर्देशक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जना विरुद्ध मुद्दा दायर हुने भएको छ ।

त्यसैगरी गोर्खा मिडिया प्रालि, साहरा सहकारी बहुउद्देश्यीय सहकारी संस्थासहित ६ वटा संस्था विरुद्ध पनि मुद्दा दर्ता गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय चितवनको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

रविसहितलाई ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दा धरौटी बुझाएका लामिछानेलाई मुद्दा दर्ता भएपछि चितवन झिकाइने छ ।

प्रहरीको अनुसन्धानमा ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार रुपैयाँ हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटी तिरेर लामिछाने छुटेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise