२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

‘नेपाल–भारत रङ्ग महोत्सव’ भोलि

shivam cement
२०८१ माघ २३ गते १६:०८
Shares
‘नेपाल–भारत रङ्ग महोत्सव’ भोलि


काठमाडौं : नेपाल–भारत रङ्ग महोत्सव बिहीबार काठमाडौंमा हुँदैछ । महोत्सवमा ६ वटा नाटक प्रदर्शन गरिने छ ।

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ । जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा हु्ने महोत्सवमा ३ वटा नाटक नेपालका र ३ वटा भारतको प्रदर्शन हुनेछ ।

महोत्सवको पहिलो दिन सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशनमो नाटक ‘गच्छामी’ प्रदर्शन हुनेछ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिइन् ।

कुलपति शर्माका अनुसार प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । भारतको राजधानी नयाँ दिल्लीमा महोत्सव १५ माघमा नै शुरु भइसकेको र भारतका ११ शहरमा महोत्सव अहिले जारी छ । 

भारत र नेपालको सहकार्यमा यसरी सँगसँगै आयोजना गरिएको रङ्ग महोत्सव पहिलो भएको कुलपति शर्माले बताइन् । महोत्सवमा भारतको संस्कृति मन्त्रालयका सचिवसमेत सहभागी हुने छन् ।

२४ माघमा नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ तथा २७ माघमा संयोग गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परीकथा मात्र होइन’ प्रदर्शन हुनेछ । 

महोत्सवअन्तर्गत २८ माघमा विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, २९ माघमा  मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ प्रदर्शन हुनेछ । 

यसैगरी, ३० माघमा अजय शुक्लको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहल का टेन्डर’ प्रदर्शन हुनेछ । 

दर्शकहरूलाई सबै नाटक निःशुल्क प्रदर्शन गराइनेछन् । 

काठमाडौंमा प्रदर्शन हुने नेपाली नाटकहरूमध्ये ‘गच्छामी’ र ‘कथा कस्तुरी’ काठमाडौँमा प्रदर्शन भइसकेपछि नयाँ दिल्लीमा प्रदर्शन हुनेछन् भने ‘जुन परीकथा मात्र होइन’ भारतको गोरखपुरमा प्रदर्शन भएपछि काठमाडौंमा प्रदर्शन हुनेछ । 

भारतमा जारी महोत्सवमा ९ देशका २ सयभन्दा बढी नाटक प्रदर्शन हुने छन् । नेपालसँगै यसपटक यो महोत्सव श्रीलंकाको राजधानी कोलम्बोमा पनि आयोजना हुँदैछ । 

महोत्सव भारतको राजधानी नयाँ दिल्लीसहित अगरतला, अहमदाबाद, भटिन्डा, बेंगलुरु, भोपाल, गोआ, गोरखपुर, जयपुर, खैरागढ र राँची गरी ११ शहरमा आयोजना भइरहेको छ । 
 

सम्बन्धित खबर