२०८२ असोज १ गते बुधवार / Sep 17 , 2025 , Wednesday
२०८२ असोज १ गते बुधवार
Ads

विदेश पढ्न गए पनि आफ्नै देश फर्किएर केही गर्न पारस खड्काको आग्रह

shivam cement
मध्यान्ह
२०८१ माघ २३ गते २१:३१
विदेश पढ्न गए पनि आफ्नै देश फर्किएर केही गर्न पारस खड्काको आग्रह

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्लस टु र स्नातक तह पढिरहेका विद्यार्थीहरूलाई पढ्का लागि विदेश गए पनि नेपाल फर्किएर देशमै केही गर्न आग्रह गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका खड्काले 'ह्वाइट हाउस लिट्रेचर फेस्टिबल'को तेस्रो संस्करणको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भने, 'यो विज्ञान प्रविधिको समयमा आफ्नो शिक्षा पूरा गर्न विश्वको जुन देशमा पुगे पनि पढाइ सकेर नेपाल फर्की यहीँ केही गर्न कस्सिनुपर्छ । यहाँ पनि धेरै गर्न सकिन्छ ।'

हाल प्लस टु सकाउनसाथ विद्यार्थीहरू विदेश जान हतारिने गरेका छन् । तर खड्काले नेपालमै केही गर्ने सोच राख्न र खेलमा अवसर खोज्न सुझाए । 'नेपालमा क्रिकेट लिग हुन सकेको पनि यस्तै कलेजका विद्यार्थीहरूको साथ र सहयोगले हो,' उनले भने, 'आगमी दिनमा खेल मात्रै नभएर खेलाडीको भविष्य पनि सुनश्चित गर्ने वातावरण बनाउन सकियोस् भनेर लागेको छु र यो कोसिसमा युवा खेल प्रेमीको साथ र सहयोग चाहिन्छ ।' 

'नेपाल किक्रेटको यो स्वर्ण युग बनाउन अहिलेबाट सुरु नभएर २५ वर्ष अघिदेखि भएको हो,' उनले अगाडि भने, 'यही संस्थालाई पढेर संस्थामा बसेर खेलेर क्रिकेटलाई यहाँ पुर्‍याउन सहयोग मिलेको छ ।' 

आफूले कक्षा ११ र १२ ह्वाइट हाउस कलेजबाटै सुरु गरेको र साथमा क्रिकेटलाई निरन्तरता दिएको पनि उनले बताए । 'म किक्रेट पनि अगाडि बढाउँछु भनेर यहाँ आएको थिएँ र कलेजले मलाई भरपूर साथ, सहयोग र हौसला दिएको थियो,' उनले भने ।

ADV

सम्बन्धित खबर

Advertise