२०८१ चैत १५ गते शुक्रवार / Mar 28 , 2025 , Friday
२०८१ चैत १५ गते शुक्रवार
Ads

गजल

draupadi film
२०८१ माघ २६ गते ०६:१०
गजल

-शान्ति शर्मा

जहाँ जम्छ पानी उहीँ जिन्दगानी
छर्‍यो फूल सेतो सगरले बिहानी

तिमीझैं छ जादू कता लुक्छ–लुक्छ
चुमूँ गोल चम्पा लगाऊँ सिरानी

बगैँचा सजाऊन् कुसुमका कलीले
मिलनमा खुलेका अधर भाग्यमानी

पलकमा म लेखूँ सफा नाम तिम्रो
हियामा उदायो भुलेको जवानी ।

काठमाडौं
 

ADV

सम्बन्धित खबर

Advertise