२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

उत्तम केसीका गीतमा सिक्किमकी अञ्जनाको स्वर

himalayanlife
२०८१ माघ २६ गते १६:२६
Shares
उत्तम केसीका गीतमा सिक्किमकी अञ्जनाको स्वर

काठमाडौं : सिक्किमकी अञ्जना नाल्बो लिम्बूले वरिष्ठ कलाकार एवं गीतकार उत्तम केसी नेपालका २ वटा गीत गाएकी छन् । सिङगिङ रियालीटी सो ‘याक्थुङ स्टार’ गायन प्रतियोगिताको उपाधि विजेता अञ्जनाले केसीका २ गीत ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया’ र ‘विपनीमा टुंगियो माया’ गाएकी हुन् । गायक राजेश पायल राई र शाहील लिम्बूसँग पनि केही दिनअघि गीत रकेर्ड गरेकी उनले केसीका एक साथ २ गीत गाएकी हुन् ।

केसीका गीत उनले शुक्रबार काठमाडौंको मेलोडी स्टुडियोमा रेकर्ड गरेकी हुन् । गीतमा वरिष्ठ संगीतकार अष्टलामा र पुस्कार सुनुवारको संगीत रहेको छ । मिठो स्वरकी धनी अञ्जनाले केसीका शब्दले आफू प्रभावित भएर गीत गाएको बताइन् ।

कला क्षेत्रमा आफ्नै उचाइ चुमेका केसी गीत लेखन र कथा लेखनमा पनि सक्रिय छन् । उनका ‘न झुकुन हाम्रा शिरहरू, ‘जसले जे जे भने पनि तिमी मेरी आमा’, मकै भुट्ने हाँडीमा’, ‘रहरै भो’, ‘कि वार कि पार’, ‘अब जे होला होला’, ‘ठण्डा ठण्डा पानी’, ‘आकशको जुन तिमी, धर्तीको फूल’ जस्ता एक दर्जन जति गीत श्रोता÷दर्शकमाझ रहेका छन् ।

यस्तै ‘दोषी को’ गीत पनि श्रोता÷दर्शकमामm आउने तयारीमा रहेको केसी बताउँछन् । केसीले २ सयको हाराहारीमा ठूलो पर्दा र सानो पर्दाका चलचित्रमा आफ्नो अभिनय पस्किएका छन् भने निर्माण, निर्देशनमा पनि सक्रिय छन् ।

ताजा खबर

सम्बन्धित खबर