२०८१ फागुन ११ गते आइतवार / Feb 23 , 2025 , Sunday
२०८१ फागुन ११ गते आइतवार
Ads

दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

hardik ivf
मध्यान्ह
२०८१ माघ २७ गते १४:२१
दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

काठमाडौं : सञ्चारकर्मी दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन भएको छ । शनिबार काठमाडौंमा एक समारोहबीच उक्त कथा संग्रहको विमोचन गरिएको हो ।

इन्डिगो इंकले प्रकाशनमा ल्याएको कथा संग्रहको विमोचन कार्यक्रममा डा. गीता त्रिपाठी, डा. महेन्द्र विष्ट, फूलमान बल लगायतका वक्ताहरूले आफ्नो धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै समिरले कथा लेख्न गाह्रो नभए पनि केही कुराहरुमा केही कमजोरी भएको छ की भन्ने महसुस भएको बताए । यो आफ्नो पहिलो कृति भएको बताए ।

उनले यसमा कुनै विवाद हुन्छ की भन्ने महसुस गरेपनि कथा पढिसकेपछि त्यसले शीर्षकको महत्त्व बुझिने बताए ।

सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा विष्टले सञ्चारकर्मसँगै लेखकका रूपमा सुरु भएको यात्रालाई सन्तुलन मिलाएर अगाडि बढ्न शुभकामना दिए ।

यस्तै, सार्वजनिक प्रसारण सेवा नेपालका सदस्य वलले कथाकार समिरलाई कुमार नगरकोटी शैलीको लेखकका रूपमा बुझेको उल्लेख गर्दै सानो कथानकमा कथा बुन्न सक्ने कथाकार भन्दै प्रशंसा गरे । आयोजित कार्यक्रममा साहित्यकार, कवि, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise