२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रिज्योना कार्कीको नयाँ गीत 'मेरो अनुरोधमा'

ADV
मध्यान्ह
२०८१ असार १४ गते १३:२३
रिज्योना कार्कीको नयाँ गीत 'मेरो अनुरोधमा'

काठमाडौं : गायिका रिज्योना कार्कीको शब्द, संगीत रहेको 'मेरो अनुरोधमा' बोलको गीत सार्वजनिक भएको छ । अहिलेकी चर्चित बालगायिका कल्पना विष्ट र बाल गायक आर्यन पाण्डेको स्वर रहेको उक्त गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ ।

मिक्सिङ मास्टरिङ  नरेश पाण्डेको रहेको छ । गीतको भिडियोलाई  एजे अजुले  निर्देशन गरेका छन् । सम्पादन र कलर अनिल विष्ट पिउठानीको रहेको छ । गीत युवा पुस्तामा लोकप्रिय बनिरहेको गायिका रिज्योना कार्कीले बताइन् । विषेशगरी कल्पना विष्टका आइरहेका गीतहरुमा यो गीतले चर्चा पाइरहेको छ ।

गीतको भिडियोमा कल्पना विष्ट र बाल गायक आर्यन पाण्डेले अभिनय गरेका छन् । गायिकासँगै गीतकार, संगीतकारको रुपमा चिनिएकी सुन्दरी गायिका रिज्योनाको संगीतलाई लिएर यतिबेला सांगीतिक बजार तातेको छ । गीतलाई दर्शक स्रोताहरुले मन पराइदिएकोमा खुसी लागेको उनी बताउँछिन् । उक्त गीत गायिका रिज्योना कार्कीको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।


ADVADV

सम्बन्धित खबर

Advertise