२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

सन नेपाल लाइफद्वारा क्वालालम्पुरमा श्रम तथा बीमासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

Nada
कृष्ण गुप्ता
२०८१ माघ २८ गते १५:०२
Shares
सन नेपाल लाइफद्वारा क्वालालम्पुरमा श्रम तथा बीमासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

क्वालालम्पुर, मलेसिया : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मलेसियाको क्वालालम्पुरमा नेपाली आप्रवासी कामदारलाई लक्षित गरी श्रम तथा वैदेशिक रोजगार बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

ncell

क्वालालम्पुरमा रहेको होटल ग्राण्ड कन्टिनेन्टलको सभाहलमा आइतबार साँझ सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको अध्यक्षता तथा मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

कार्यक्रममा स्वागत मन्तव्य राख्दै इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले आप्रवासी नेपाली कामदारहरूलाई जीवन बीमा र स्वास्थ्य बीमाका फाइदाबारे जानकारी गराएका थिए । उनले नेपाली श्रमिकहरूको जीवन र वित्तीय सुरक्षा सुनिश्चित गर्न सन नेपाल लाइफ प्रतिबद्ध रहेको बताए ।

मलेसियामा छिट्टै शाखा स्थापना गरी मलेसियामा रहेका नेपालीहरूलाई बीमामा आबद्ध गराउने योजना रहेको अर्यालले बताए ।

No description available.

कार्यक्रममा राजदूत तिमिल्सिनाले बीमासम्बन्धी सचेतना कार्यक्रमले कामदारहरूलाई कुनै न कुनै रूपमा फाइदा पुग्ने बताउँदै यस्ता कानुनसम्मत सबै खालका कार्यक्रममा दूतावास सकारात्मक रहेको बताए ।

कार्यक्रममा व्यवसायी विनोद थापाले विदेशी कामदारका लागि जुन देशमा बिमित छ्न् त्यहीँ सेवा सुविधा दिने छुट्टै प्रावधान बनाउन सके थप प्रभावकारी हुने सुझाव दिएका थिए । कार्यक्रममा व्यावसायी दयाराम कुमाल, योगेन्द्र कुँवर, राजु तमाङ, किरण थापा, तिलोचन गौतमलगायतले बीमासम्बन्धी प्रश्नहरू गरेका थिए । कार्यक्रम कवि फुयालले संचालन गरेका थिए ।

No description available.

सम्बन्धित खबर