२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

चीनद्वारा अब्जरभेटरी एण्ड साइन्स म्युजियम नेपाललाई हस्तान्तरण

hardik ivf
मध्यान्ह
२०८१ माघ ३० गते १९:१४
चीनद्वारा अब्जरभेटरी एण्ड साइन्स म्युजियम नेपाललाई हस्तान्तरण


काठमाडौं : चीनले विपी कोइराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम नेपाललाई हस्तान्तरण गरेको छ ।

नेपालका लागि चीनका राजदुत चेन सोङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई बुधबार कीर्तिपुरस्थित संग्रहालय हस्तान्तरण गरेका हुन् ।

संग्राहालय हस्तान्तरणसँगै विज्ञान सम्बन्धी प्रदर्शनी पनि शुरु भएको छ । नयाँ सामग्रीमा मानिसहरूको विकास क्रमदेखि विज्ञानका विभिन्न प्रणाली र मेसिनहरू प्रदर्शनीमा राखिएको छ । 

त्यस अवसरमा मन्त्री भट्टराईले चीनले नेपाललाई धेरै पहिलादेखि प्रविधि, विकास निर्माण, शिक्षा, पर्यटन, विज्ञानका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरिन् ।

उनले चीनसँग नेपालको सीमा जोडिएको मात्र नभई जनता—जनता बीचको सम्बन्ध पनि प्रगाढ रहेको बताइन् । बेल्ट एण्ड रोड कार्यक्रमअन्तर्गत चीनले नेपालमा धेरै अवसर सिर्जना गरेको उनले बताइन् ।
 

ADV

सम्बन्धित खबर

Advertise