यूएई : चौथो तनहुँ भलिबल प्रतियोगिता २०२५ को उपाधि तनहुँ सेवा समाज यूएईले जितेको छ । आइतबार दुबईस्थित अलकुज डेल्स्को भलिबल खेल मैदानमा सम्पन्न फाइनल खेलमा कोटाकोट भालिबल स्याङ्जा यूएईलाई २-१ को सेटमा पराजित गर्दै तनहुँ सेवा समाज यूएईले उपाधि जितेको हो ।
तनहुँ टिमले कोटाकोट क्लबबीच पहिलो सेट २२-२५, दोस्रो सेट २५-१५ र तेस्रो सेट ३३-३१ को नतिजा निस्किएको थियो । उपाधि विजेता तनहुँले ५ हजार ५०० दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता कोटाकोट क्लबले ३ हजार ५०० दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पर्यो ।
तनहुँ सेवा समाज यूएईले 'स्वास्थ्यको लागि खेलकुद' भन्ने मूल नाराका साथ आयोजना गरेको प्रतियोगितामा प्रदेशी हातेमालो (निलो) तेस्रो हुँदा एभरेष्ट कर्णाली (ए) चौथो हुन सफल भयो । दुवै टिमले सन्त्वना पुरस्कारवापत १ हजार दिरासहित मेडल र प्रमाणपत्र हात पारे ।
विधागततर्फ बेस्ट प्लेयर मिलन चन्द ठकुरी (तनहुँ सेवा समाज यूएई), बेस्ट ब्लकर अमन गाहा (कोटाकोट भलिबल स्याङ्जा), बेस्ट स्पाइकर पेसल कुमार (तनहुँ सेवा समाज यूएई), बेस्ट सेटर गम्भीर गुरुङ 'बाबा' (प्रदेशी हातेमालो), बेस्ट सर्भिसर मिलन कुमाल (कोटाकोट भलिबल क्लब स्याङ्जा), बेस्ट लिब्रो उमेश गर्वुजा मगर (तनहुँ सेवा समाज), बेस्ट कुइकर रुकेश छिडेल (कोटाकोट भलिबल स्याङ्जा), बेस्ट टिम कोच सन्तोष गुरुङ (तनहुँ सेवा समाज यूएई) घोषित भए । उनीहरुलाई मेडल, मायाको चिनो, प्रमाणपत्र प्रदान गरिएको थियो ।
आइतबार खेलकुदका माध्यमबाट आपसी भाइचारा, सामाजिक सद्भाव, नेपालीपन तथा मेलमिलापको भावना विकास होस् भन्ने अभिप्रायले तनहुँ सेवा समाज यूएईले आयोजना गरेको प्रतियोगितामा १५ टिमबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता अन्तर्राष्ट्रिय तनहुँ समाजका उपाध्यक्ष, तनहुँ सेवा समाज यूएईका प्रमुख संरक्षक, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद आईसीसी सदस्य दीपक खड्काको प्रमुख आतिथ्यतामा भएको हो ।
समाजका कार्यबाहक अध्यक्ष अपिल भट्टराई को सभापतित्वमा भएको प्रतियोगितामा विशिष्ट अतिथि नेपाल एसोसिएसन, एनआरएनए यूएईका अध्यक्ष विकास शाही रहेका थिए । प्रतियोगितामा नेपाली समाज यूएईका अध्यक्ष राम मुक्तान, नेपाली जनसम्पर्क समिति यूएईका सभापति भुवानीप्रसाद तिमिल्सिना, प्रवास नेपाली सम्पर्क विभागका प्रमुख सुजन थापा, आइएनएएस शाखा यूएईका अध्यक्ष एमडी बोहरा, तनहुँ सेवा समाजका संरक्षक कृष्ण रायमाझी, प्रमुख सल्लाहकार सुदीप कार्की, वरिष्ठ सल्लाहकार अमर रानाभाट, तनहुँ समाजका सल्लाहकारहरू प्रविण श्रेष्ठ, ओमबहादुर गुरुङ, प्रदीप श्रेष्ठ (राजु), कास्की आदर्श समाजका अध्यक्ष शिवराज बस्ताकोटी, गुल्मी सेवा समाज यूएईका अध्यक्ष राम श्रेष्ठ, प्रदेशी हातेमालो सहकारी संस्थाका अध्यक्ष मनु खड्का, एभरेष्ट म:मका संचालक विष्णु अधिकारी, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति यूएईका उपाध्यक्ष एवं लमजुङ समाज सेवा यूएईका प्रमुख सल्लाहकार विष्णु लाल श्रेष्ठ, एनए एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष एवं रहात उद्धार कोषका संयोजक भिम मल्ल ठकुरी, एनए एनआरएनए एनसीसी यूएईका महासचिव भुवन कुमार वाग्ले, नेपाली समाज यूएईका उपाध्यक्ष केदर कुँवर, गुल्मी सेवा समाज यूएईका संरक्षक कृष्ण गौतम, नेपाली समाज यूएईका महासचिव जीवन पंगेनी, नेपाली जनसम्पर्क समिति यूएईका सहमहामन्त्री तुलसी भुसाल, गुल्मी सेवा समाज यूएईका महासचिव एवं एनआरएनए एनसीसी यूईका सचिव जीवन सिंह ठकुरी, एनए एनआरएनए एनसीसी यूएईका सचिव एवं मोरङ सुनसारी समाजका अध्यक्ष विनोद बस्नेत, समाजसेवी मनु क्षेत्री, समाजसेवी डन परियारलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितालाई माजका सल्लाहकार प्रदीप श्रेष्ठ (राजु) र कार्यवाहक अध्यक्ष अपिल भट्टराईले प्रायोजन गरेका थिए । अन्य प्रयोजनहरूमा बीसीएल लुब्रिकेन्ट यूएई, अटो स्टार नेपाल पेट्रोकेमिकल्स प्रा.लि.का प्रोप्राइटर विजय बानियाँ र राजु थापा, एनआरएनए एनसीसीका अध्यक्ष तथा यूएईमा व्यवसाय गर्दै आएका सयपत्री ट्राभल्सका प्रोप्राइटर विकास शाही, याक एन्ड यति नेपाली रिस्टुरेन्टका संचालक एवं समाजका अध्यक्ष राजू तिमिलसिना, ट्रेन्ड्स एन्ड ब्युटी मिस्टर थक्करबहादुर कार्की (प्रकाश), क्युट लुक्स ब्युटी सलुनका सल्लाहकार कल्पना रिमाल, केडी फ्राग्नेन्स फ्युजन दीपक खड्का रहेका थिए । विधागत पुरस्कारको प्रायोजकहरूमा इनब्युल्ड एफजेडईका प्रबन्ध निर्देशक रामप्रसाद पराजुली, अल दहाब एक्स्चेन्ज इन कोलाबोरेसन विथ सिटिजन्स बैंकका लक्ष्मण अर्याल, रोयल गुर्खा एफसी, नवबुद्ध फुटबल क्लब यूएईका अध्यक्ष राहुल श्रेष्ठ, मेची-महाकाली युनाइटेड फुटबल क्लब, स्टार अल मदिना पेस्ट कन्ट्रोलका डाइरेक्टर अर्जुन शर्मा, ट्रस्टेड किका रुद्र थापा, ब्लु लोटस याचका कमल गुरुङ, मेरो डिजाइन मेरो उपाहारका योग नारायण अधिकारीलगायत रहेका थिए ।