२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कविता : म पत्रकार बन्न सकिनँ

ADV
२०८१ असार १५ गते ०६:२५
कविता : म पत्रकार बन्न सकिनँ

–फणीन्द्र फुयाल ‘ज्वाला’

मैले लेखिमात्र रहेँ
समाचार लेखेँ
विचार लेखेँ
विश्लेषण लेखेँ
सम्पादकीय लेखेँ
तर कालोलाई सेतो र
सेतोलाई कालो लेखिन 
मैंले पद, पुरस्कार र नियुक्ति पाउन
मालिकको पाउमा तेल घसिन
मेरो कलमले आलोचना लेख्यो
मेरो कलमले तावेदारी गर्न जानेन
यहाँ त ‘सुप्रिमो’हरूको
गुणगान लेख्नुपर्ने रहेछ
विश्वविद्यालयका कक्षामा 
‘वाच डग’ हुन पढाइयो
‘ल्याप डग’ हुन पढाइएन
हामीलाई त गलत पाठ पो पढाइएछ !
‘चौथो अंग’ हुँ नभनेर 
‘हस् हजुर’ मात्र गर्नुपर्ने रहेछ
ठूलाले गरेका कूकर्म 
ढाकछोप गरिदिनु पर्ने रहेछ
पार्टीका झोले बन्नु पर्ने रहेछ !
मैले पत्रकारिता गर्नै जानेनछु
म पत्रकार बन्नै सकेनछु !

ADVADV

सम्बन्धित खबर

Advertise