२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मुक्तक

ADV
२०८१ असार १५ गते ०६:३०
मुक्तक

–गणेश लोहनी

१.
विषको वृक्षमा अमृत फलाउन अघि सर्दैछौं
काखमा राखी गला रेट्नेहरूकै शरण पर्दैछौं
घाउमा नुन चुक छर्कन लाम बद्ध छ दुनियाँ
व्यर्थै मल्हम लगाइदिनेहरूको खोजी गर्दैछौ ।।

२. 
दिनानुदिन जनताका दरकारहरू बढेका छन्
देखिने र भोग्ने गरेर कर–कारहरू बढेका छन्
उल्लेखनीय कार्य मात्र दल गठबन्धन बदल्नु 
सिंहदरबारको नाममा सरकारहरू बढेका छन् ।।

३. 
उर्वर सबल युवा शक्ति खाडीतिर जलेकै छ
समृद्धिको सपना हाम्रो धरहरा झैं ढलेकै छ
गहिरोमै ताल पर्छ बजेट देखाउने दाँत न हो 
सुगठित साहुहरूको ढ्याके चोके चलेकै छ ।।

ADVADV

सम्बन्धित खबर

Advertise