२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सुरक्षित वैदेशिक र आन्तरिक रोजगारीका लागि सीप अनिवार्य : मन्त्री अर्याल

ADV
२०८१ असार १५ गते ०७:०५
सुरक्षित वैदेशिक र आन्तरिक रोजगारीका लागि सीप अनिवार्य : मन्त्री अर्याल

धादिङ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सुरक्षित वैदेशिक रोजगार र आन्तरिक रोजगारीका लागि सीप अनिवार्य रहेको बताएका छन् । शुक्रबार निलकण्ठ नगरपालिका धादिङले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’को उद्घाटन गर्दै मन्त्री अर्यालले सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह  गरे । 

‘वैदेशिक रोजगारीमा जाने होस् वा आन्तरिक रोजगारीमा रहने श्रमिकका लागि सीप अपरिहार्य हुन्छ,’ मन्त्री अर्यालले भने, ‘सीप भएको श्रमिकले राम्रो आम्दानी गर्न सक्छ । सम्भावित दुर्घटनाबाट बच्न सक्छ । बाध्यकारी वैदेशिक रोजगारीमा रहँदा पनि आफ्ना सपनाहरु पूरा गर्न सक्छ । त्यसैले सीपमूलक कार्यक्रममा ठूलो लगानी गर्नुपर्नेछ ।’ 

मन्त्री अर्यालले श्रम मन्त्रालयले आन्तरिक रोजगारीलाई प्रवर्द्धन र व्यवस्थित गर्न रोजगार बैंकको बृहत् अवधारणालाई अघि सारेको बताउँदै बैंकमा वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको तथ्यांक संकलन र प्रशोधन गरिने बताए । उनले भने, ‘भारतसहित विदेशबाट फर्केका श्रमिक तथा उनीहरुको सीपको बारेमा राखिएको तथ्यांकअनुसार नै आन्तरिक रोजगारीको रणनीति तयार हुनेछ ।’

मेलामा विभिन्न रोजगारदाता तथा सरकारी निकायको सहभागिता छ ।

ADVADV

सम्बन्धित खबर

Advertise